अन्नपूर्ण मिडियाको महाप्रबन्धकमा बस्नेत

साउन २, २०८१ बुधबार १३:१२:४८

नवनियुक्त महाप्रबन्धक मनोज बस्नेतलाई स्वागत गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धक पदमा मनोज बस्नेत नियुक्त भएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कको व्यवस्थापनको निर्णयअनुरुप साउन २ गतेदेखि लागू हुनेगरी बस्नेतलाई महाप्रबन्धक पदमा नियुक्त गरिएको हो । 

अन्नपूर्ण पोस्टमा बुधबार आयोजित एक समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, ग्रुप सीईओ सनत न्यौपाने  र प्रधान सम्पादक अखण्ड भण्डारीले नवनियुक्त महाप्रबन्धक बस्नेतलाई स्वागत गरेका थिए।

null

१७ वर्षअघि जिल्ला संवाददाता भएर रिर्पोटिङबाट मिडिया उद्योगमा प्रवेश गरेका बस्नेतसँग कान्तिपुर मिडिया ग्रुप , अन्नपूर्णमा रिपोटिङ, प्रेस, रिजनल, मार्केटिङ, सेल्स र कर्पोरेटमा विभागीय प्रमुख भई काम गरेको अनुभव  छ। अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक, अन्नपूर्ण एक्सप्रेस, अन्नपूर्णपोस्ट् डटकम, एपी वान टेलिभिजन र रेडियो अन्नपूर्ण रहेका छन्।

बस्नेतसँग न्यूज रिपोटिङ,सेल्स, डिस्टीब्यूर्सन, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतमा दख्खल छ । 

युथ युनेस्को क्लब यूएसए, पाइपा ग्लोबल फिलिपिन्सको इन्टरनेसन मिडिया को-अर्डिनेटर रहेका बस्नेत अमेरिकन मार्केटिङ एसोसियसनको प्रोफेसनल सदस्य हुन् । उनी इन्टरनेसनल न्यूज मिडिया एसोसिएसन (आईएनएमए) सँग पनि आवद्ध छन् ।

null

यसैगरी बस्नेतसँग हिमालय इसेन्स प्रालिमा सेल्स कन्सल्टेन्ट भई काम गरेको अनुभव समेत छ । बस्नेतले भारत र अमेरिकाका केही ठूला मिडिया हाउसको स्थलगत अवलोकन गरेका छन्। उनले युनेस्को युथ पिस एम्बेसडर अवार्ड र कोरोना योद्धा सेवा अवार्ड प्राप्त गरेका छन्। 

राष्ट्रिय खानेपानी पत्रकारिता पुरस्कार,कान्तिपुर मिडिया ग्रुपबाट चियरम्यान एक्सिलेन्स अवार्ड,अन्नपूर्णबाट बेस्ट इम्प्लोइ अफ द एयरबाट समेत बस्नेत सम्मानित भएका थिए। पद बहाली गर्दै बस्नेतले समय सापेक्ष परिर्वतनलाई आत्मासाथ गर्दै मिडिया उद्योगलाई अगाडि लैजाने प्रयास गर्ने बताए।

कार्यक्रममा अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमल देव भट्टराई, रेडियो अन्नपूर्णका समाचार प्रमुख भूपाल लुइँटेल,लेखा प्रमुख सुनिल पौडेल,मानव संशाधन प्रमुख इन्दु श्रेष्ठलगायत विभागीय प्रमुखहरू उपस्थित थिए।

 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *